वर्षा शिवाकोटीको ठट्यौली म सिंगल नै ठिक छु


अभिनेत्री वर्षा शिवाकोटीका लागी व्यक्तिगत रुपमा वर्षा २०७९ सम्झनलायक रहेन। व्यक्तिगत जीवनमा उनले अनेक उतारचढाव भोगिन्। बैशाख महिनामा विवाह गरेकी वर्षाको वैवाहिक सम्बन्ध १ बर्ष पनि टिक्न सकेन । आशिष गेलालसंग उनले विवाह र डिभोर्स यहि बर्ष गरिन्।

करियरको हिसाबले पनि बर्ष २०७९ मा उनि सफल हुन सकिनन्। यो बर्ष उनि कामिनो मा अभिनय गर्दैछिन्। पशुपति प्रसाद २ मा पनि उनको सप्राइज भूमिका रहने बताइएको छ। दुवै चलचित्र बाट उनी आशावादी रहेकी छिन्। उनै बर्षा चलचित्र ‘जारी’ को प्रिमियरमा भेटिएकी थिइन् । चलचित्र हेरेर निस्किएकी बर्षालाई संचारकर्मीले बर्ष २०८० मा मिङ्गल हुने योजना के छ भनेर प्रश्न गरेका थिए। उनले ठट्यौली पारामा, ‘के म सिंगल नै ठिक छैन र ?’ भनेर उल्टो प्रश्न गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्