नेपाली चलचित्रमा डेव्यु गर्दै दिलिप रायमाझीकी छोरी दिव्या


अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले नेपाली चलचित्रमा डेव्यु गर्ने चर्चा चलेको केहि समय भयो । अमेरिका बस्ने दिव्या नेपाली चलचित्रमा अभिनय गर्नका लागी इच्छुक रहेको बताइदै आएको छ। उनै दिव्या एक चलचित्रका लागी सकारात्मक देखिएकी छिन्। खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहने एक अनटाइटल प्रोजेक्टमा काम गर्न दिव्या सकारात्मक भएको बुझिएको छ। रोहित अधिकारीले निर्माण गर्ने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन्।


भदौ पहिलो सातादेखि छायांकन गर्ने तयारी गरिएको चलचित्रको वान लाइन स्टोरी दिव्याले सुनिसकेकी छिन्। उनि सकारात्मक रहेको र चाडै नेपाल आउने तयारीमा समेत रहेकी छिन्। नेपाल आएपछी पुरा स्क्रिप्ट सुन्ने तयारीमा उनि छिन्। खगेन्द्र लामिछाने यो चलचित्रको पटकथा लेखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्