कस्तो छ बहुपति प्रथाको कथामा आधारित ‘टुल्की’ पोष्टर ?


जेठ १२ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘टुल्की’ को दुई पोस्टर सार्वजनिक भएको छ। बहुपति प्रथामा आधारित चलचित्रको दुवै पोस्टर मा शिर्ष पात्र टुल्कीलाई स्थान दिइएको छ। हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्रलाई डोल्पामा खिचिएको छ। ‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको चलचित्रमा शेखर लामा प्रस्तुतकर्ताको रुपमा रहेका छन्।

चलचित्रको यसै साता गीत र ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको छ। नवराज घिमिरे र सुशील अधिकारीले खिचेको चलचित्रलाई देव थापाले निर्देशन गरेका छन्। आरपी कर्माचार्य र उजेली लामा निर्माता रहेको चलचित्रमा बाबुलाल लामा कार्यकारी निर्माताको रुपमा रहेका छन्। लक्ष्मण सुनारको कथा रहेको चलचित्रको स्क्रिन प्ले शेखर लामाको रहेको छ । चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्