A vertical shot of the black cat in the dark darkness

नम्रता श्रेष्ठको ‘ह्यासट्याग माया’


अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहने चलचित्र ‘ह्यासट्याग माया’ निर्माण हुने भएको छ । शुक्रबार चलचित्रको बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा मुहर्त गरिएको छ। राजिव गुरुङ्गको निर्देशनमा तयार हुने चलचित्रमा नम्रतासंगै सारूक ताम्रकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायत कलाकारहरुको अभिनय रहनेछ।

चलचित्रमा नम्रताले एरियल योगा प्रशिक्षकको भूमिका गर्दैछिन्। यसका लागी उनले प्रशिक्षण लिएकी थिइन्। निर्माण टीमको मेहनत र लगावले चलचित्रमा काम गर्न अझ उर्जा थपेको अभिनेत्री श्रेष्ठले जानकारी दिईन्। ४५ दिनको सेड्युल लिएर सुटिङ्ग सूरुवात गर्न लागेको निर्माण टीमले काठमाडौंबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा सुटिङ्ग सम्पन्न गर्ने योजना बनाएको छ। चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन रहनेछ । चलचित्रको कार्यकारी निर्मातामा अनुप पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्