सृष्टिसँगको फोटोबारे सिसन लेख्छन् , ‘यस्तो जोक्स र हल्लाले हाम्रो व्यक्तिगत तहलाई असर पार्छ ।’


ग्ल्यामर दुनियाँमा केहि समय देखि पुर्व मिस नेपाल शृष्टि श्रेष्ठ र भ्लगर सिसन बानियाँको प्रेम चर्चाले खुब स्थान पायो । दुवै एकै समय तिर प्रेम जीवन टुटेका र दुवैको एक भिडियोको स्क्रिन शट बाहिरीपछि प्रेमको हल्ला गर्मायो । अझ दुवैको चियर्स स्टोरीले त एकअर्काको प्रेम बिछोडमा मल्हम लगाउदै आफ्नो प्रेम जीवन सुरुवात गरेको आंकलन समेत लगाए। सिसन र शृष्टि मिल्ने साथी हुन् र दुवैको मित्रता पुरानो पनि हो।

सिसनले केहि दिन अगाडी आफ्नो र शृष्टिको सम्बन्धको हल्ला बारे स्पष्ट पारेका छन् । आफ्नो सामाजिक संजालको स्टोरीमा भाइरल तस्विर राख्दै दुवैको भावना पवित्र रहेको उल्लेख गरेका छन्। सिसनले आफ्नो र शृष्टि संगै परिस्थिति अनुसार संगै हाँसेको र रोएको उल्लेख गरेका छन्। दुवै एक अर्काको सफलतामा ताली बजाउने उल्लेख गर्दै सिसन लेख्छन् ,’ यो क्लिप चाहिं सन् २०१६ को भ्लगबाट होला र मलाई थाहा छ ट्रोल गर्नु भनेको रमाइलोका लागि हो। ‘ उनले आफु ट्रोल र गसिपबाट माथि रहेको र समाजका महिलालाई निकै कठिन हुने उल्लेख गरेका छन्। उनी अगाडी लेख्छन् ,’ यस्तो जोक्स र हल्लाले हाम्रो व्यक्तिगत तहलाई असर पार्छ । मसँग प्रोटेक्टिक स्वभावका केटीसाथीहरु पनि छन् । यो तस्वीरलाई लिएर हल्ला नगर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्