बिक्की र श्रद्धा वैवाहिक बन्धनमा बाँधिए , आजै रिसेप्सन पार्टी


‘दर्पणछायाँ २’ फेम्ड अभिनेत्री श्रद्धा क्षेत्री र कमेडियन बिक्की अग्रवालले विवाह गरेका छन् । करिव २ बर्ष लामो प्रेम सम्बन्धलाई दुवैले आज विवाहमा परिणत गरेका हुन्। केहि महिना अगाडी इन्गेजमेन्ट गरेका बिक्की र श्रद्धाको विवाह आर्मी अफिसर्स क्लबमा भैरहेको छ । दुवैले आज नै रिसेप्सन पार्टीको आयोजना गरेका छन्। विवाह समारोहमा कमेडी क्लबको टीम सुमन कार्की, कैलाश कार्की, प्रभात लामा, भारतमणि पौडेल, मेक्सम गौडेल, निर्देशक बिशाल भण्डारी लगायतको उपस्थिति रहेको छ ।

प्रेम गीत २ मा समेत अभिनय गरेकी श्रद्धा र बिक्कीको प्रेम कमेडी क्लबको सिजन २ बाट सुरुवात भएको थियो। बिक्की प्रतिष्पर्धी रहेका थिए भने श्रद्धाले निर्देशकीय टीममा काम गरेकी थिइन्। यतिबेला दुवै ‘कमेडी क्लब विथ च्याम्पियन’ को निर्देशकीय पाटो सम्हालिरहेका छन्। बिक्की र श्रद्धाले ‘आम्मा कसम याँ दुख्छ’ मा सहकार्य गरेका थिए। ‘आम्मा कसम याँ दुख्छ’ को दोश्रो सिजनको तयारीमा दुवै रहेका छन्।

प्रतिक्रिया दिनुहोस्