लयमा फर्किदै समिक्षा अधिकारीको दैनिकी: रेकर्डीङ्गमा बढाइन् व्यस्तता


गायिका समिक्षा अधिकारीको दैनिकी बर्ष दिन अगाडी निकै व्यस्त थियो। दैनिक जसो रेकर्डीङ्ग, कार्यक्रम र सुटिङ्गमा उनको दिन बित्ने गर्दथे । सुमधुर आवाजका कारण नै उनको चर्चा र सांगीतिक भविष्य चम्किलो देखिदै आएको थियो। तर बितेको १ बर्षको समय समिक्षाको लागि बिर्सनलायक रह्यो। कानुनी अड्चन र व्यक्तिगत जीवनका उतार चढावले उनको दैनिकी बदलियो।

यो बिचमा धेरै समय उनको आवाजमा रहेका गीत सार्वजनिक भएनन्। सार्वजनिक कार्यक्रम र समाजिक संजालमा उनको उपस्थिति शुन्य बराबर बन्यो। गायनमा नै व्यस्त रहेकी अधिकारी सामाजिक संजालमा नकारात्मक प्रतिक्रियाको ठुलो शिकार बनिन्। न्यायका लागी लडिरहेकी उनका लागी समाज नै तगारो बनिदियो। यो १ बर्ष बढी समयको दौरानमा उनले धेरै कुरा भोगिन्। तर अब भने अधिकारीले आफ्नो पुरानो दैनिकी फर्काउने कोसिस गरिरहेकी छिन्। समाज उनका लागी सकारात्मक बनिरहेको छ। उनको आवाजमा रहेका गीतहरु दर्शकमाझ लोकप्रिय बनिरहेका छन्। केहि भिडियो पनि सार्वजनिक भएका छन्। गीत रेकर्डीङ्गमा पनि उनले आफ्नो व्यस्तता पुरानै रफ्तारमा बढाउने पक्का देखिएको छ। आफ्ना सामजिक संजालमा उनले एकै दिन ५ वटा गीत रेकर्ड गरेको तस्विर अपडेट गरेकी छिन्। करियरको सुरुवात देखि सफलतासम्म साथ रहेका संगीत सर्जकले उनलाई अनि उनको आवाजलाई अझै गीत गाउने अवसर प्रदान गरिरहेका छन्।

समिक्षा सुन्दर आवाज भएकी गायिका हुन्। यो समय उनको करियर अझ धेरै माथी पुग्न पर्ने थियो। जीवनमा जे जस्ता झमेला आए त्यसलाई पार लगाउदै आफ्नो पुरानै जीवन शैलीमा फर्किएकी अधिकारीको यो यात्रा अझ चम्किलो हुने धेरैले विस्वास गरेका छन्।

प्रतिक्रिया दिनुहोस्