अनमोल र पूजाको सहकार्यको चलचित्र कता पुग्यो ?


पछिल्लो समय सर्वाधिक चर्चामा रहने दुई कलाकार हुन्, अनमोल केसी र पूजा शर्मा। दुवैको फ्यान फलोअर्स गज्जबको रहेको छ। सुदर्शन थापा लभ स्टोरी चलचित्र निर्माणमा माहिर निर्देशकको रुपमा परिचित भैसकेका छन्। अनमोल केसीलाई सुदर्शन र पूजाको टीमले प्रेमगीत देखि नै सहकार्य गराउने कोसिस गरिरहेको थियो। दुवैको पहिलो रोजाईको नायकको रुपमा अनमोल रहदै आएका थिए। अनमोलले पनि सुदर्शनको निर्देशनमा काम गर्ने चाहाना भएको बताउदै आएका थिए। अनमोल, पूजा र सुदर्शनको टीमअपमा चलचित्र निर्माण हुने तय भएको थियो । सुदर्शन र पूजाको टिमले अनमोललाई महँगो रकम दिएर चलचित्रमा साइन गरेका थिए।

अघिल्लो बर्षको अन्त्य देखि नै चलचित्रको सुटिङ्ग हुने चर्चा रहेको थियो। तर यो चलचित्र यतिबेला अन्यौलमा परेको छ। अनमोल लगातार चलचित्र साइन र सुटिङ्गको सेड्युल बनाइरहेका छन्। हेमराज बिसीको निर्देशनमा ‘जेरी : अन टप’, सुयोग गुरुङ्गको निर्देशनमा बन्ने ‘फर्की फर्की’ का लागी उनि व्यस्त हुने तय भैसकेको छ। यो बीचमा अनमोल होम प्रोडक्सनको चलचित्रमा व्यस्त हुने तयारी रहेको छ। भुवन केसी नयाँ चलचित्र घोषणाका लागी तयार रहेको बुझिएको छ। यता पूजा ज्ञानेन्द्र देउजाको निर्देशनमा रेखा थापासंगको सहकार्य नयाँ चलचित्रको तयारीमा रहेकी छिन्। अनमोल र पूजाको चलचित्रमा सहकार्य टुटेको चर्चा समेत हुने गरेको छ । अब यो चलचित्रको निर्माण कहिले हुने हो वा नहुने हो त्यो भने अव यहि टीमले जानकारी गराएपछी थाह होला।

प्रतिक्रिया दिनुहोस्