A vertical shot of the black cat in the dark darkness

स्मिता दाहालको ‘आँखामा गाजल’, कुन्साङ्गसंग भिडियो


गायिका स्मिता दाहाल झन्डै १ बर्षपछि गायनमा फर्किएकी छिन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी रहेकी दाहाल आफ्नो अध्ययनको लागी केहि समय बाहिर रहेकी थिइन्। राजनराज शिवाकोटीको शब्दमा रहेको ‘आँखामा गाजल’ बोलको गीतमा स्मिताले स्वर भरेकी छिन्। केहि चर्चित गीतमा आवाज भरेकी स्मिताको यो गीतलाई दर्शकले मन पराईरहेका छन्।

सरोज ओलीको निर्देशनमा तयार भएको गीतमा स्मिता र कुन्साङ्ग बोमजोन फिचर रहेका छन्। गम्भिर बिष्टको कोरियोग्राफी रहेको भिडियोलाई सुदिप बराल र उनको टिमले खिचेका छन्। भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । स्मिता र कुन्साङ्गको साथमा भिडियोमा प्रिन्सिका श्रेष्ठ, इसान्भी आचार्य, प्रतिमा बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्