A vertical shot of the black cat in the dark darkness

रेशम चौधरी रिहा हुँदा किन एलिजा गौतम भईन् भाइरल ?


गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई आममाफी दिएका छन्। देशका तीनै तहका अदालतले चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो। टिकापुरा घटनामा दोषी ठहरिएका चौधरीलाई आम माफी दिएसंगै सामाजिक संजालमा नायिका एलिजा गौतमको चर्चा चुलिएको छ। केहि साता अगाडी मात्र सर्वोच्च अदालतले उच अदालतको जन्मकैदको सजाय सदर गरिदिएपछि एलिजाले देशमा आगो बाल्ने अभिव्यक्ति दिएकी थिइन्।

नागरिक उन्मुक्ति पार्टीकी सदस्य रहेकी एलिजा चौधरी रिहा भएसंगै उनलाई स्वागत गर्न फुलमाला सहित डिल्लीबजार कारागार पुगेकी थिइन्। फूलमाला सहित चौधरीलाई स्वागत गरेको तस्विर सामजिक संजालमा एलिजाले पोष्ट गरेकी छिन्। यो पोष्ट संगै एलिजाको आलोचनात्मक टिप्पणी र ट्रोल भैरहेकी छिन्। उसो त गौतम सधै भाइरल र ट्रोल भैरहने व्यक्ति हुन् । तर यो पटक भने उनको पार्टी प्रवेश देखि रेशम चौधरी रिहाईसम्म आलोचनात्मक टिप्पणी पाइरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्