A vertical shot of the black cat in the dark darkness

बोल्ड शिल्पासंग गौरवको ‘माया बस्यो’


असार १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘परस्त्री’ को पहिलो गीत सार्वजनिक भएको छ। केतन क्षेत्री र निखिता थापाको स्वरमा रहेको ‘माया बस्यो तिमीसँग’ बोलको गीतमा कोशिश र केतन क्षेत्रीको शब्द र संगीत रहेको छ। रोमान्टिक भावको गीतमा चलचित्रका मुख्य अभिनेता गौरव बिष्ट र अभिनेत्री शिल्पा मास्के फिचर्ड रहेका छन्।

शिल्पा पोख्रेललिई बोल्ड अवतारमा प्रस्तुत गरिएको गीतमा वाइल्ड रिपर्ज ग्रुपको कोरियोग्राफी रहेको छ। कोशिश क्षेत्री, एलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, गीत विष्ट, सरस्वती अधिकारी, अर्पित न्यौपाने लगायतका कलाकार अभिनित चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका छन्। ‘लभ लभ लभ’ डेव्यु अभिनेताको यो पहिलो निर्देशकीय चलचित्र हो । हिन्दी डवसहित भारतमा रिलिज हुन लागेको चलचित्रको भारतीय स्टुडियोमा हिन्दी भाषाको डव भैरहेको छ।

डिएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा शर्मिला पाण्डेको लगानी रहेको छ। दिपेन्द्र के खनालको कथा हरेको चलचित्रले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथालाई उठान गरेको छ।

प्रतिक्रिया दिनुहोस्