A vertical shot of the black cat in the dark darkness

‘फनफनी’ आर्यन अनुबन्धित, असफलताको लहर तोड्ने अवसर


नायक आर्यन अधिकारीको शरीर हेर्दा बलिउडका सिक्स प्याक अभिनेताको भन्दा कम छैन। जिममा घन्टौ समय बिताएर उनले आफ्नो शरीर आकर्षक बनेका छन् । एक्सनमा पनि उनले थोरबहुत तारिफ बटुल्दै आएका छन्। सुगठित शरीर अनि राम्रो एक्सन गरे पनि उनका चलचित्र बक्स अफिसमा सफल हुन सकेका छैनन्।

चलचित्र ‘के म तिम्रो हैन’ बाट डेव्यु गरेका आर्यन अभिनय भन्दा पनि एक्सन र सिक्स प्याक बाट चर्चित रहे । अहिलेसम्म पनि उनको अभिनयको खुलेर तारिफ गर्ने अवस्था रहेको छैन। उनले बटरफ्लाई’, ‘बाँध मायाले’ र ‘लाखे’ चलचित्रमा अभिनय गरेका छन्।


उनै आर्यन नयाँ चलचित्रमा अनुबन्धित भएका छन्। लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको चलचित्र ‘फनफनी’ मा आर्यन मुख्य भूमिकामा अनुबन्धित भएका छन् । बक्स अफिसमा कमाल गर्न नसके पनि लक्ष्मण आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘बुलाकी’ बाट नै चर्चामा रहेका छन्।

फनफनीलाई हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरीले निर्माण गर्दैछन्। दुवैले यस अगाडी ‘लाखे’ चलचित्र निर्माण गरेका थिए। नेपाल र विदेशका विभिन्न स्थानमा सुटिङ्ग तयारी गरिएको चलचित्रको बजेट २ करोड बराबर आंकलन गरिएको छ। चलचित्रमा आर्यन बाहेक अन्य कलाकार टुंगो लागिसकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्