पहिलो सन्तान प्राप्तीको खुशी साट्दै अर्जुन र दुर्गा (फोटोफिचर)


अर्जुन पोख्रेल नेपाली संगीत आकाशका सफल अनि चम्किला संगीतकार हुन्। सयौ चलचित्र, सुगम संगीतका गीतमा अर्जुनले आफ्नो संगीत भरेका छन्। गायिका दुर्गा खरेल गायनमा सफल गायिका हुन्। धेरै हिट नम्बरमा उनले आवाज भरेकी छिन्। यिनै अर्जुन र दुर्गाले केहि बर्ष अगाडी विवाह गरे।

कोरोनाको समयमा सिमित व्यक्तिको उपस्थितिमा दुवैले विवाह गरेका थिए। अर्जुन र दुर्गा दुवै चाडै पहिलो सन्तानको मातापिता बन्ने तयारीमा रहेका छन्। संयोग कस्तो रहेको छ भने असार १९ गते आफ्नो वैवाहिक बर्षगांठको दिन नै डाक्टरले पहिलो सन्तानको जन्मदिनको डेट दिएको छ।

पहिलो सन्तान प्राप्तिको खुशी आगाडी अर्जुन र दुर्गा दुवैले फोटोसुट गरेका छन्। सालिन यो जोडीले सन्तान प्राप्ती अगाडीको समयलाई यादगार बनाउन फोटो कैद गरेका थिए। नर्लिङ्ग रिसोर्टमा दुवैले दिनभर फोटोसुट गरेका थिए। पहिलो सन्तानको रुपमा छोरीलाई दुर्गाले जन्म दिदैछिन् । अर्जुन र दुर्गाले छोरीको नाम ‘अदिरा’ राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्