शोभितको ‘बद्रि बहादुर’ असारमा, पोष्टरमा पूजा देखि सलोनसम्म


निर्देशक शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘बद्रि बहादुर’ ले रिलिज मिति तय गरेको छ। केहि बर्ष अगाडी नै निर्माण तयार भएको चलचित्र अव असार २९ गतेबाट रिलिज हुने भएको छ। निर्माण टिमले चलचित्रका दुई पोष्टर सार्वजनिक गरेको छ ।

सार्वजनिक पोष्टरमा नेपाली चलचित्र क्षेत्रको बस्नेत परिवारको दुई पुस्तालाई देख्न सकिन्छ। शोभित बस्नेत, जयकिसन बस्नेत र सलोन बस्नेत चलचित्रको पोष्टरका मुख्य आकर्षण रहेका छन्। पूजा शर्मा, छुल्ठिम गुरुङ र राजीवजंग बस्नेतलाई पनि पोष्टर देख्न सकिन्छ। धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङ लगायतको अभिनय रहेको चलचित्रमा पूजा र सलोन बिशेष भूमिकामा देखिएका छन्।

रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस्को व्यानरमा निर्माण भएको छ। चलचित्रको प्रस्तुतकर्ता विजय गोपाली दली, निर्माता मिथुन भोटे र सह-निर्माता समीर मिया रहेका छन्।

प्रतिक्रिया दिनुहोस्