भारतीय सिरियलमा देखिदै तेरिया मगर


डान्स रियालिटी शो जितेर चर्चा बटुलेकी तेरिया मगर भारतिय सिरियलमा बिशेष भूमिकामा देखिएकी छिन् । ‘झलक दिखला जा-९’ र ‘डीआईडी लिटिल मास्टर-३’को उपाधि जितेर चर्चा बटुलेकी नेपाली तेरियाले भारतको सरकारी टेलिभिजन दुरदर्शनको प्रस्तुतीमा रहेको ‘स्वराज’ सिरियलमा अभिनय गरेकी हुन्।

भारतको स्वतन्त्रताका लागी ब्रिटिश शासनको विरुद्धमा विद्रोह गरेकी रानी गाइदिन्ल्यूको भूमिकामा तेरिया देखिएकी छिन् । तेरियाले आफ्नो सामाजिक संजालमा आइताबारबाट प्रसारण हुने सिरियलको प्रोमो शेयर गरेकी छिन्। उनले यस्तो वीर चरित्रमा अभिनय गर्नु आफ्नो उल्लेख्य क्षण रहेको लेख्दै सामाजिक संजालमा सिरियलको प्रोमो र सुटिङ्गका तस्विर शेयर गरेकी छिन्।

नेपाली चलचित्र र म्युजिक भिडियो अभिनयका अफर तेरियालाई धेरै पुग्ने गरेका छन्। उनी पनि नेपाली मनोरन्जन क्षेत्रमा आफ्नो बलियो डेब्युको सोचमा रहेकी छिन्। नेपालको रुपन्देही घर भएकी मगर भारतको मुम्बई बस्दै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस्