A vertical shot of the black cat in the dark darkness

एक्सन लेडीको रुपमा देखिदै पूजा शर्मा, कुन्साङसंग जोडी बाधियो


नायिका पूजा शर्मालाई दर्शकले एक्सन अवतारमा देख्न पाउने भएका छन्। लभस्टोरी चलचित्रमा बढी देखिदै आएकी पूजा नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । एक्सन लेडीको रुपमा प्रस्तुत हुन् लागेकी पूजाको चलचित्रको नाम हो ,’दान्भी’। नेपाली चलचित्र क्षेत्रमा पूजाको यो दशौ चलचित्र हो।

चलचित्रमा पूजाको जोडीको रुपमा मोडल कुन्साङ बोमजन रहेका छन्। मोड्लिङ्ग क्षेत्रमा आफ्नो राम्रो उपस्थिति जमाएका बोमजनको यो पहिलो चलचित्र हो। चलचित्रलाई रुपेश तामाङ्गले निर्देशन गर्नेछन्।


नेपाल र सिक्किममा सुटिङ्ग हुने चलचित्रमा अनुप गडाल निर्माताको रुपमा रहेका छन् भने पवन राना मगर कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रको सह- निर्मातामा श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्