A vertical shot of the black cat in the dark darkness

एक्सन सिक्दै पूजा शर्मा, कस्तो रहला ‘दान्भी’ मा उनको एक्सन?


अभिनेत्री पूजा शर्मा नयाँ चलचित्र ‘दान्भी’ मा अनुबन्धित भएको खबर केहि समय अगाडी बाहिरिएको हो। पूजाको एक्सन लुक्सको सार्वजनिक पोस्टरले पूजाका शुभचिन्तकमा कौतुहलता बढाएको छ। लभस्टोरी चलचित्रलाई पहिलो प्राथमिकतामा राखेकी पूजाले चलचित्रको जनरालाई परिवर्तन गर्ने कोसिस गरेकी छिन्। पूजाका भरपुर एक्सन सिन राखिएको बताइएको चलचित्रको लागी उनि भरपुर मिहेनत गरिरहेकी छिन्।

चलचित्रको लागी पूजा एक्सन सिकिरहेकी छिन्। बालकुमारीमा उनी एक्सन सिकिरहेको जानकारी प्राप्त भएको छ। पूजाले आफ्नो सामजिक संजालमा एक्सन सिकिरहेका भिडियो पोष्ट गरिरहेकी छिन्। नेपाली चलचित्रमा देखिरहेका भन्दा भिन्न हिसाबको एक्सन कम्पोज गर्ने कोसिसमा निर्माण टिम रहेको छ। अव पर्दामा पूजाको एक्सन मिहेनत कस्तो देखिने हो त्यो भने चलचित्र रिलिज पछि थाह होला, तर पूजाले गरेको मिहेनत भने प्रसंशायोग्य देखिएको छ। नेपाल र सिक्किममा खिचिने चलचित्रलाई रुपेश तामाङ्गले निर्देशन गर्दैछन्। चलचित्रमा पूजाको जोडीको रुपमा मोडल कुन्साङ्ग बोमजोन देखिदैछन्। मोड्लिङ्गमा राम्रो छाप छाडेका कुन्साङ्गको यो डेव्यु चलचित्र हो।

प्रतिक्रिया दिनुहोस्