चुम्बन र बेड सिनले ‘परस्त्री’ सेन्सर पास भएन, कानुनी बाटो खोज्ने निर्माताको तयारी


असार १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘परस्त्री’ लाई सेन्सर बोर्डले प्रदर्शन अनुमती दिन अस्विकार गरेको छ। चलचित्रमा समावेश चुम्वन र बेड सिनलाई आपत्ति जनाउदै सेन्सर बोर्डले प्रदर्शन अनुमति नदिएको हो। चलचित्रमा समावेश केहि दृश्य हटाउन र केहि दृश्य ‘ब्लर’ गरेर पुन सेन्सरको लागी आउन सेन्सर बोर्डले भनेको बताइएको छ। मंगलबार सेन्सर बोर्ड सदस्यले चलचित्र हेरेका थिए।

चलचित्रमा अभिनेत्री शिल्पा मास्केले नायक गौरव बिष्ट र कोसिश क्षेत्रीसंग बोल्ड सिन दिएकी छिन्। तिनै केहि सिनलाई सेन्सर बोर्डले आपत्ति जनाएको बुझिएको छ। सेन्सर बोर्डको आदेश प्रति निर्माण टिम भने असन्तुष्ट रहेको छ। निर्मात्री शर्मिला पाण्डे चलचित्रको कुनै दृश्य नहटाउने र कानुनी उपचारमा जाने तयारीमा रहेकी छिन्। शर्मिलाले चलचित्रका काट्न भनिएका दृश्यले कथा र मर्म मर्ने भन्दै कानुनी बाटोमा जाने तयारी गरेकी हुन्। नेपाली र हिन्दी भाषामा तयार भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका छन्। नेपाल र भारतमा चलचित्र एकसाथ प्रदर्शनको तयारीमा रहेको छ । सेन्सर पास नभएपछि अब रिलिज प्रक्रिया कसरी अगाडी बढ्छ त्यो भने हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्