निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’ प्याकअप


निर्देशकीय डेव्युमा नै आफ्नो गतिलो छाप छाड्न सफल निर्देशक हुन्, निश्चल बस्नेत। संकटमोचक निर्देशकको रुपमा चिनिएका निर्देशक बस्नेतका करियरमा निर्देशकीय आँकडा धेरै रहेको छैन। उनले लुट, टलकजंग भर्सेस टुल्के र लुट २ निर्देशन गरेका छन्। निश्चल जस्तो क्षमतावान मानिएका निर्देशक बाट दर्शक र चलचित्र क्षेत्रले सायद अझै बढी चलचित्रको अपेक्षा गरेका थिए। यो बीचमा निश्चल अभिनय र म्युजिक भिडियोमा बढी व्यस्त भए। अन्तत: निश्चलले ६ बर्षपछी निर्देशनमा फर्किएका छन्। उनको निर्देशनमा बनेको चलचित्र ‘दिमाग खराब’ को सुटिङ्ग सकिएको छ ।

४० दिनको सेड्युल लिएर सुटिङ्गमा हिडेको चलचित्रले ३६ दिनमा काठमाडौंको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा अन्तिम सिन खिच्दै सुटिङ्ग सम्पन्न भएको हो। काभ्रे र काठमान्डौमा चलचित्रको सुटिङ्ग गरिएको हो। राजनैतिक परिवेशमा निर्माण भएको चलचित्रले जनता र पावरको कथा भन्छ। कार्तिक २४ गते रिलिज तयारीमा रहेको चलचित्रमा दयाहाङ राई, अर्पण थापा, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, विजय वराल लगायतका कलाकारको अभिनय रहेको छ । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कँडेल निर्माता र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन्।

प्रतिक्रिया दिनुहोस्