A vertical shot of the black cat in the dark darkness

केपी ओलीसंग श्वेताको पारिवारिक भेट, पति र छोरि संगै


अभिनेत्री श्वेता खड्का यतिबेला मातृत्व सुख लिईरहेकी छिन्। छोरी ब्रिआनालाई जन्म दिएर आराम पछि विस्तारै श्वेता आफ्नो दैनिकीमा फर्कीरहेकी छिन्। चलचित्र क्षेत्र बाट केहि विश्राम लिदै श्वेता व्यवसायमा होमिएकी छिन्। उनले निर्माण र अभिनय गरेको पछिल्लो चलचित्र ‘कान्छी’ रहेको थियो।

उक्त चलचित्र पछि श्वेता व्यवसायमा नै व्यस्त रहेकी छिन्। चलचित्र र व्यवसायसंगै श्वेताको राजनैतिक सम्बन्ध पनि राम्रो रहेको छ। उनले केहि समय अगाडी स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत लाई भेटेर शुभकामना दिएकी थिइन्। श्वेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ भेटेकी छिन्। छोरी ब्रिआना र पति विजयन्द्रसिंह रावतको साथ उनी ओलीलाई भेट्न बालकोट पुगेकी थिइन्।


अध्यक्ष ओलीले ब्रिआनालाई लिएर र सुम्सुमाइरहेको र मुस्कुराएको देख्न सकिन्छ। श्वेताले ओली संगको भेटको तस्विर पोष्ट गर्दै ,’ काम ठुलो हुन पर्दैन, जे गर्छौं प्रेम पुर्वक गर्दा, सदैव लक्ष्मी को बास हुन्छ❣️ सम्मनानीय पूर्वप्रधानमन्त्री केपी बुवाहजुर सँग पहिलो भेट ब्रीआना को ! आशिर्बाद लिदै। ‘ , लेखेकी छिन्।

प्रतिक्रिया दिनुहोस्