सुरु भयो पूजा र कुन्साङ्गको ‘दान्भी’ सुटिङ्ग


अभिनेत्री पूजा शर्माले आफ्नो नयाँ चलचित्र ‘दान्भी’ को सुटिङ्ग सुरुवात गरेकी छिन्। एक्सन र लभ स्टोरी जनरमा निर्माण हुने चलचित्रलाई रुपेश तामाङ्गले निर्देशन गर्दैछन्। अभिनेत्री शर्माले चलचित्रका लागी एक्सन सिक्न केहि समय बिताएकी थिइन्। यो चलचित्रमा उनको जोडीको रुपमा नव-नायक कुन्साङ्ग बोमजोन देखिदैछन्।

म्युजिक भिडीयो र मोडलिङमा आफुलाई स्थापित गराएका कुन्साङ्ग नेपाली चलचित्र क्षेत्रका लागी सम्भावना बोकेको नायक बन्न सक्नेछन्। अनुप गडाल निर्माता रहेको चलचित्रमा पवन रानामगर कार्यकारी निर्माताको रुपमा छन् । नेपाल र सिक्किममा चलचित्र खिच्नेछ। अभिनेत्री शर्माले नव-नायक कुन्साङ्गसंगको तस्विर सुटिङ्ग सेट बाट शेयर गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्