रेखा र पूजाको ‘उपहार’ घोषणासंगै जापानमा विक्री


रेखा फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्र ‘उपहार’ को नाम मात्रै घोषणा भएको छ। एउटा गीतको रेकर्ड भएको छ भने अभिनेत्रीमा रेखा थापा र पूजा शर्मा फाइनल भएका छन्। ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने चलचित्रमा अर्की एक अभिनेत्री अझै सार्वजनिक गरिएको छैन।


तर चलचित्रको नाम सार्वजनिक संगै जापान राइट्स बिक्रि भएको छ। जापानमा रहेको युएनए इन्टरटेन्मेन्टले चलचित्रको जापान अधिकार खरिद गरेको हो। युएनए इन्टरटेन्मेन्ट जापानमा चलचित्र वितरणको लागी प्रतिष्ठित कम्पनीको रुपमा रहेको छ। यो कम्पनीले यो बर्षका प्रतिक्षित ३ चलचित्र वितरण गर्ने जिम्मा लिएको छ।

रेखा थापा र पूजा शर्माको सहकार्य भएपछि ‘उपहार’ घोषणा संगै चर्चामा रहेको छ । सुलक्क्षण भारतीको कथा रहेको चलचित्रमा अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको छ। पूजा शर्मा यतिबेला ‘दान्भी’ चलचित्रको सुटिङ्गमा व्यस्त रहेकी छिन्। उपहारले साउन बाट सुटिङ्ग सुरुवात गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्