‘टुकी झ्याप’ गीतमा बोल्ड बर्षा शिवाकोटी


भदौ १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘गणपति’ को नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार ‘टुकी झ्याप’ बोलको गीत निर्माण टिमले सार्वजनिक गरेको हो। काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको गीतमा निशान भट्टराई, अनिस अधिकारी र रचना रिमालको स्वर रहेको छ। अनिस अधिकारीको शब्द रचना तथा कम्पोज रहेको गीतमा बाबुल गिरीको एरेन्ज गरेका छन् ।

भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् । भिडियोमा मुकुन भुषालले बर्षालाई साथ दिएका छन् । सविन अधिकारीद्वारा निर्देशित ‘गणपति’ले आस्थाको रुपमा रहेका भगवान् र पृथ्वीमा उपस्थित मानिस बीचको फरक देखाउनेछ । चलचित्रमा मुकुनको साथमा मेनुका प्रधान, स्वर्गीय जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, देवेन्द्र बब्लु लगायतको अभिनय रहेको छ।

चलचित्रको प्रस्तुतकर्तामा रामप्रसाद रिजाल छन् भने निर्मातामा लक्ष्मण रिजाल तथा कार्यकारी निर्मातामा विज्ञान केसी र अरविन्द्र गिरी छन् ।

प्रतिक्रिया दिनुहोस्