आंचलको पक्षमा खुल्दै दयाले लेखे यस्तो स्टाटस


अभिनेता ‘दयाहाङ राई कुनै पनि बिषयमा सोचेर मात्र बोल्ने कलाकारको रुपमा पर्दछन् । बिषय बुझेर त्यसको कस्तो प्रभाव पर्छ भन्ने अध्ययन पछी मात्र दयाको अभिव्यक्ति आउने गर्दछ । पछिल्लो समय सामाजिक संजालमा चर्को बहसको बिषय बनिरहेकी अभिनेत्री हुन्, आंचल शर्मा । अनेक विवादमा परेकी आंचलले, ‘दयाहाङ राईलाई त्यस्ले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्ने अभिव्यक्ति दिएको कुरा सामाजिक संजालमा भाइरल भैरहेको छ । दयाले यसको खण्डन गर्दै सामाजिक संजालमा आफ्नो विचार पोखेका छन्।

https://fb.watch/lFcz5zW5FR/

दयाले अभिनेत्री आंचलले कुनै अन्तर्वार्तामा त्यस्तो अभिव्यक्ति नदिएको र भ्रमपूर्ण सामग्रीको प्रचार नगर्न आग्रह गरेका छन् ।

यस्तो छ दयाको स्टाटस:
अभिनेत्री आँचल शर्माले ‘दयाहाङ राईलाई त्यस्ले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक सञ्जालमा राखिएको पोस्टमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
आँचलले अहिलेसम्म मेरो बारेमा कतै पनि त्यस्तो बोलेको मैले सुनेको छैन । एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन् ।
त्यसैले सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामाग्रीहरू प्रसार नगर्नु हुन सबैमा आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्