A vertical shot of the black cat in the dark darkness

डेव्यु नायक कुन्साङसंग बोल्ड पूजा शर्मा


नायिका पूजा शर्मा र डेव्यु नायक कुन्साङ बोम्जमको जोडी आकर्षक देखिएको छ। चलचित्र ‘दान्भी’ बाट प्राप्त केहि तस्विरमा पूजा र कुन्साङको केमेस्ट्री सुहाएको छ । रोमान्टिक लुक्समा देखिएको यो नयाँ जोडीलाई लिएर दुवैका फ्यान लोभिएका छन्। डेब्यू ब्वाई कुन्साङ संग पूजा निकै बोल्ड पहिरनमा देखिएकी छिन्। एक्सन लभ स्टोरी चलचित्रको एक हप्ता अगाडी एक गीत बाट सुटिङ्ग सुरुवात गरिएको थियो।

‘तिमीलाई दिने मायाको खानी’ बोलको गीतको सुटिङ्गका क्रमका तस्विर निर्माण टिमले सार्वजनिक गरेको हो। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा हरि बहादुर घलेको छायांकन रहेको छ। अर्जुन पोखरेलको संगीत रहेको गीत केहि हप्तामा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ। रविना थापा मगरको कथा रहेको चलचित्रलाई रुपेश तामाङ्गले निर्देशन गरिरहेका छन् । नेपालको सुटिङ्ग केहि दिनमा सकेर निर्माण टिम दार्जिलिङ जाने तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्