‘एक चोटी’ मा प्रमोद र रिस्ताको बोल्ड डान्स


प्रल्हाद काफ्लेको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘अदृश्य’ मा समावेश ‘एक चोटी’ बोलको गीत सार्वजनिक भएको छ । बिशाल पौडेल र सिमा संग्रौलाको स्वर रहेको गीतमा बिशाल पौडेलको शब्द तथा संगीत रहेको छ।

गीतको भिडियोमा कलाकार प्रमोद अग्रहरि र रिस्ता बस्नेतले रोमान्टिक नृत्य गरेका छन्। मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको चलचित्रमा रविन अधिकारी र रिकेश खत्री सह–निर्माता रहेका छन्।

पिताम्बर फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र साउन १९ गतेबाट रिलिज हुदैछ। राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद रहेको चलचित्रमा उत्तम हुमागाँइ र मोहन कुमार झिल्लुको छायांकन, शिशिर खातीको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्