धिरज र सुहानाको ‘एक भगवत् गीता’ टिजर: विपिन कार्कीको सशक्त कमलामाई अवतर


झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘भगवत् गीता’ ले शिर्षकमा परिवर्तन गर्दै टिजर सार्वजनिक गरेको छ। चलचित्रको नाम अब ‘एक भगवत् गीता’ रहेको छ। चलचित्रको टिजर शुर्कबर युट्युव मार्फत सार्वजनिक गरिएको छ । चलचित्रको टिजरको आकर्षक पक्ष विपिन कार्की बनेका छन्।

उनको कमलमाई अवतार निकै दमदार देखिएको छ। ट्रान्सजेन्डर महिलाको भूमिकामा विपिनको चरित्र निकै सशक्त देखिएको छ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट सुरु छ भएको टिजरमा सुहाना थापामा डरको भावमा देखिएको छ भने धिरज मगर गुरुङ परिहनमा प्रस्तुत छन् । टिजरमा विपिन कार्कीलाई स्पेश बढी दिईएको छ। सुनिल कुमार थापाको प्रस्तुतीमा तयार भएको चलचित्रमा कबीर खड्का, जेविस/ जेविन श्रेष्ठ, अनुराग कुँवर, संजोग रसाइली लगायतको पनि अभिनय छ। झरना थापाको कथा रहेको चलचित्रमा थापासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा, परिक्षेद र पुरुषोत्तमको संवाद रहेको छ ।

प्रतिक्रिया दिनुहोस्