A vertical shot of the black cat in the dark darkness

कस्तो छ आकाश र सलोनको ‘हिँड्दा हिँड्दै’ टिजर


चलचित्र ‘हिँड्दा हिँड्दै’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा प्रेम, विछोड, रोदन र द्वन्द्वलाई स्थान दिइएको छ। अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाहको प्रेममा आउने उतार-चढावमा टिजर केन्द्रित रहेको छ ।

अभिनेता सलोन बस्नेतलाई भने टिजरमा रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। कोरोना महामारीको समयमा छायांकन भएको चलचित्रमा सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ लगायत अभिनय रहेको छ।

मिलन आले मगरको निर्देशन रहेको चलचित्र सुशील पंगेनीको लेखन तथा निर्माण छ । विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र राज लामा निर्मातामा छन् । चलचित्र भदौ १ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्