‘ए मेरो हजुर ४’ शिर्ष गीत रिलिज, अनमोल र सूहानाको केमेष्ट्री कति सुहायो?


चलचित्र ‘ए मेरो हजुर ४’ को शिर्ष गीत रिलिज भएको छ । ‘फूलको थुंगा’ बोलको गीतमा सुगम पोख्रेल र अस्मिता अधिकारीको स्वर रहेको छ । रवि मल्लले लेखेको गीतमा कल्याण सिंहले संगीत भएरेका छन् । गीतको भिडियोमा अनमोल केसी र सुहाना थापा फिचर रहेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा अनमोल र सुहानाको केमेष्ट्री देखाउने कोसिस गरिएको छ । सुहाना थापाका केहि बोल्ड दृश्य सहित कैद भएको भिडियोको लोकेशन प्राइम देखाउने कोसिस गरिएको छ ।

सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी छन् । झरना थापा र स्वर्गीय छेतेन गूरुङ्गको कथामा निर्माण भएको चलचित्रलाई सुनिल कुमार थापाले निर्देशन गरेका छन् । चलचित्र नयाँ बर्षको अवसर पारेर बैशाख १ गतेबाट रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहोस्