A vertical shot of the black cat in the dark darkness

सारुक ताम्रकारको सम्झनामा दिप प्रज्वलन (फोटोफिचर)


असार २१ गते आफ्नै घरमा आत्माहत्या गरेका अभिनेता सारुक ताम्रकारको सम्झनामा बुधबार दिप प्रज्वलन गरिएको छ। बुधबार साँझ बौद्ध स्तुपामा दीप प्रज्ज्वलन गरिएको थियो। परिवारजन, आफन्त, साथीभाई र चलचित्रकर्मी उनको तस्विरमा दिप प्रज्वलन गर्न बौद्ध पुगेका थिए।

पिता सानु ताम्रकार र आमा उनको तस्विरमा दिप प्रज्वलन गर्दा भावुक देखिएका थिए। अभिनेत्री सुष्मा कार्की पुरै समारोह बीच भावुक देखिएकी थिइन्। मलिना जोशी लगायतका उनको साथीहरुको अग्रसरतामा गरिएको कार्यक्रम सम्पूर्ण चलचित्रकर्मी भावुक देखिएका थिए।

निर्देशक रेनशा वान्तवा राई, अभिनेत्रीहरु बेनिशा हमाल, बर्षा शिवाकोटी, सम्पदा बानियाँ, साम्राज्ञी राज्यलक्ष्मी शाह उक्त समारोहमा उपस्थित रहेका थिए।

नायक आशिर्वाद क्षेत्री, कविर खड्का, गायक नितेश जंग कुंवर, गायिका सम्वृद्धि राई,सिसन बानिया लगायत बौद्धमा पुगेर उनको आत्मशान्तीको कामना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्