कस्तो छ प्रमोद र रिस्ताको ‘अदृश्य’ ट्रेलर?


चलचित्र ‘अदृश्य’ को ट्रेलर सार्वजनिक भएको छ । साउन १९ गतेबाट रिलिज हुने चलचित्रमा प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहित मानन्धर मुख्य भूमिकामा रहेका छन् । अभिनेता प्रमोद चलचित्रको ट्रेलरमा ग्याङस्टार लुक्समा देहिएका छन् । एक युवतीको रहस्यमे हत्याको खोजी चलचित्रको ट्रेलरमा देखाईएको छ ।

एक युवतीको बलात्कार र हत्या बाट सुरु भएको चलचित्रको ट्रेलर आकर्षक देखिएको छ । प्रल्हाद काफ्लेको लेखन तथा निर्देशन रहेको चलचित्रमा आकाश उखेडाको पटकथा रहेको छ । चलचित्रमा प्रविन खतिवडा, रवि गिरि लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्