डिभोर्स गरेपछि एकदम खाली महसुस गरे – माल्भिका सुब्बा


मिस नेपाल तथा होस्ट माल्भिका सुब्बाको वैवाहिक जीवन सुमधुर नबनेको धरै बर्ष बितेको थियो । सन्तान प्राप्ती भन्दा अगाडी देखि नै बिग्रिएको सम्बन्धको बारेमा माल्भिकाले पहिलोपटक खुलेर बोलेकी छिन्। अभिनेत्री प्रियंका कार्कीले संचालन गर्ने पोडकास्टमा माल्भिकाले आफ्नो व्यक्तिगत जीवन र वैवाहिक जीवनबारे खुलेर बोलेकी छिन्।

रियाज श्रेष्ठसंग विवाह गरेकी माल्भिकाले २ बर्ष अगाडी पतिसंग डिभोर्स गरेको खुलासा गरेकी छिन्। २००२ की मिस नेपाल सुब्बाले आफ्नो विग्रिएको वैवाहिक जीवन र सन्तान हुर्काउने अनुभव सुनाउदा भावुक बनेकी थिइन्। श्रीमान् संग सम्बन्ध बिग्रिए पनि दुवैले सन्तानलाई भने बराबर जिम्मेवारी लिएर हुर्काईरहेका छन्।

डिभोर्स करिव २ बर्ष अगाडी भए पनि माल्भिका त्यो भन्दा करिव ४ बर्ष अगाडी बाट श्रीमान संग छुट्टिएर बसिरहेकी थिइन् । उनले प्रियंका संग आफ्ना अनुभव सुनाउदा धेरै पटक बाच्ने रहर मारेको समेत खुलाएकी छिन्। छोराको कारण नै बाच्नु पर्ने भनेर आफुलाई कन्भिस गराएको समेत उनले उल्लेख गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्