‘ऐंचो पैंचो’ गीत: काले केटा पारससंग स्वस्तिमा र बर्षाको पावरफुल डान्स (भिडियो)


भदौ १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’ को पहिलो गीत सार्वजनिक भएको छ। अस्मिता अधिकारी र आशिस अविरलको आवाजमा रहेको ‘काले केटाले’ बोलको गीत आज काठमान्डौमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द र आयक आशिसको संगीत रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो उर्जाशील बनाइएको छ। डान्सरको रुपमा पछिल्लो समय चर्चित बनेका एलेक्स विश्वकर्मा ‘पारस’ संग अभिनेत्रीहरु बर्षा राउत र स्वस्तिमा खड्काले पावरफुल डान्स गरेका छन्। कलरफुल भिडियोमा कोरसको ठुलो उपस्थिति राखिएको छ।

कृषा चौलागाईको निर्देशनमा तयार भएको चलचित्रमा बर्षा राउत र स्वस्तिमा खड्काको साथमा मुकुन भुषाल, सुशील सिटौला, राजाराम पौडेल, कोशिस क्षेत्री, रविन्द्र झा, बुद्धि तामाङ्ग, सरिता गिरि लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्