A vertical shot of the black cat in the dark darkness

किरण केसी देखि श्वेता खड्कासम्मले गरे मरणोप्रान्त अंग दानको घोषणा


मानव शरीरका अंग मरणोप्रान्त पनि काम लाग्ने गर्दछन्। मष्तिक निधन पश्चात मानव शरीरका ८ वटा बढी अंग आवश्यक मान्छेलाई काम लाग्ने गर्दछन्। आँखा दान गर्ने प्रचलन नेपालमा भए पनि शरीरका अन्य अंग दान गर्न भने हिच्किचाउने प्रचलन रहेको छ।

यहि बीचमा कलाकार किरण केसी, अभिनेत्री श्वेता खड्का, कलाकार यमन श्रेष्ठ लगायत अन्य कलाकार मरणोप्रान्त अंग दानको घोषणा गरेका छन् । सराना श्रेष्ठले निर्देशन गरेको वृतचित्र ‘पुनर्जन्म’ को बिशेष शो प्रदर्शनीको अवसरमा यी कलाकारले आफ्नो शरीरको सम्पूर्ण अंग दान गरेको घोषणा गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रममा देशका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। मन्त्री बस्नेतले अंग दान गर्ने सम्पूर्ण व्यक्तिलाई कार्ड वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्