दुई नव-नायकसंग जोडी जमाउदै पूजा


अभिनेत्री पूजा शर्मा नेपाली चलचित्र क्षेत्रमा सधै चर्चामा रहने नाम हो। पूजासंग जो जोडियो उसको चर्चा पनि दर्शक र चलचित्र वृतमा चुलिने गर्छ । प्रदिप खड्का, आकाश श्रेष्ठ, सोनाम तोप्देन यसको उदाहरण हुन्। पल शाहले पनि पूजासंग दुइ चलचित्र र केहि भिडियोमा सहकार्य गरेका छन्। यी सबै प्रोजेक्ट चर्चामा रहेका थिए।

उनै पूजा यतिबेला दुई नव- नायकसंगको सहकार्यमा जुटेकी छिन्। मोडल कुन्साङ्ग बोम्जोमसंग पूजाले चलचित्र ‘दान्भी’ मा सहकार्य गरिरहेकी छिन्। चलचित्रको एक गीत र केहि प्रतिशत छायाकन सम्पन्न भएको छ। पोष्टर रिलिजसंगै पूजा र कुन्साङ्गको जोडी चर्चामा आएको थियो। उनै पूजाले रेखा थापाको चलचित्र ‘उपहार’ मा मिस्टर नेपाल समर्पण कार्कीसंग सहकार्य गर्ने भएकी छिन्। यो उनको डेव्यु चलचित्र हो । यो बर्षका मिस्टर नेपाल कार्की पेसाले पाइलट समेत हुन्।

पूजा शर्मासंग यी दुई नव- नायकको जोडी कस्तो जम्ने हो त्यो भने चलचित्रका प्रचार सामाग्री र चलचित्र रिलिज भएपछी थाह हुनेछ।

प्रतिक्रिया दिनुहोस्