सलोन र आकाशको ‘हिँड्दा हिँड्दै’ मा प्रेम र मित्रताको कथा


मिलन आले मगरको निर्देशनमा तयार भएको चलचित्र ‘हिँड्दा हिँड्दै’ को ट्रेलर सार्वजनिक गरिएको छ। भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलरले प्रेम र मित्रताको भाव बोलेको छ। अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेतबीचको र अभिनेत्री रेखा शाहसंग आउने प्रेम जीवनको उतारचढाव ट्रेलरले बोलेको छ।

सलोनलाई चलचित्रमा चुलबुले भूमिकामा प्रस्तुत गरिएको छ। चलचित्रमा सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकारमा अर्विन थिङ्गको पनि अभिनय रहेको छ । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा तयार भएको चलचित्रमा सुशील पंगेनीको लेखन तथा निर्माण रहेको छ ।

विमल श्रेष्ठ प्रस्तुतकर्ता, राज लामा निर्माता रहेको चलचित्रमा प्रमोद कुमार तामाङ र महादेव शाह सह-निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्