शनिबार देखि ‘आम्मा कसम याँ दुख्छ’, केशव स्थापित पहिलो गेष्ट


विक्की अग्रवालले संचालन गर्ने नेपालकै पहिलो कमेडी रोस्ट शो ‘आम्मा कसम याँ दुख्छ’ को दोश्रो सिजन संचालन हुने भएको छ। श्रद्धा प्रसाँइको निर्देशनमा तयार हुने यो शो साउन २० गते शनिबार बेलुकी ८: ४० बाट प्रसारण हुनेछ। यो पटक यो शोलाई अझ बिशेष बनाएर दर्शकलाई हसाउने तयारी रहेको निर्देशक प्रसाईले जानकारी दिएकी छिन्।

यो पटक शोमा प्रनेश गौतम समेत रहने जानकारी दिएको छ। ५ वटा भागको छायाकन सकिएको यो शोमा पहीलो गेष्टमा केशव स्थापित रहेका छन्। शोमा बिना त्रिपाठीलाई डिजे मायाको भूमिकामा देख्न पाइनेछ । शोको लेखनको काम सुशान्त बस्याल र विकास अर्यालले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्