बल्ल जुर्यो अनमोल र नीतिको सहकार्य , ‘रावायण’ मा सिता बन्दै


मोडल नीति शाहको लागि चलचित्र डेव्यु सकसपूर्ण जस्तै बन्यो। कुनै समय निर्माता नीतिको पछाडी लाग्दा उनि चलचित्र अभिनय बाट टाढा रहिन्। चलचित्र डेव्युको लागी नीतिले अभिनय कोर्स देखि अनेक कुरा गरिन्। केहि चलचित्र साइन पनि गरिन्। तर कुनै चलचित्र बन्न सकेनन् । अनमोल केसीसंग चलचित्र ‘एक्स ९’ साइन गरिन्। अनमोल चलचित्र बाट बाहिरीए। प्रदिप खड्कासंग केहि चलचित्र साइन गरे पनि कुनै चलचित्र बन्न सकेका छैनन।

अन्तत: नीतिले अनमोल केसीसंग चलचित्रमा डेव्यु गर्ने पक्का भएको छ। सुदर्शन थापाको निर्देशनमा बन्ने चलचित्र ‘रावायण’ मा उनी मुख्य अभिनेत्रीको रुपमा अनुबन्धित भएकी छिन्। अभिनय कोर्षका लागी मुम्बईमा रहेकी नीति यहि चलचित्रको लागी नेपाल आएकी हुन्। निर्माण टिम र नीति बीच औपचरिक सम्झौता भैसकेको छ। सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्रमा सुप्रिया कटुवाल निर्माताको रुपमा रहेकी छिन्। चलचित्रमा अनमोल डबल रोलमा देखिदैछिन् भने नीति सिताको भूमिकामा देखिदैछिन्। भदौ अन्तिमबाट चलचित्र सुटिङ्गमा जाने तयारीमा रहेको छ। नीतिलाई चलचित्र साइन गरे पनि फ्लोअरमा जान सकस परिरहेको छ। बर्षौको उनको चलचित्र अभिनयको प्रतीक्षा ‘रावायण’ ले पुरा गर्नेमा नीति विश्वस्त रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्