A vertical shot of the black cat in the dark darkness

कस्तो छ मुकुन र मेनुकाको ‘गणपती’ ट्रेलर ?


भदौ १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘गणपती’ को ट्रेलर सार्वजनिक भएको छ। सविन अधिकारीको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर आकर्षक देखिएको छ। मुकुन भुषाल र प्रकाश घिमिरे चलचित्रको ट्रेलरमा सशक्त देखिएका छन्।

चलचित्रमा मुकुन भुषाल, प्रकाश घिमिरे, मेनुका प्रधान, सूर्यमाला खनाल, देवेन्द्र बब्लु, कविता न्यौपाने, अंशु महर्जन लगायतका कलाकारको अभिनय रहेको छ। राम प्रसाद रिजालको प्रस्तुती निर्माण भएको चलचित्रमा लक्ष्मण रिजाल निर्माताको रुपमा रहेका छन्।

चलचित्रको एक गीतमा अभिनेत्री बर्षा शिवाकोटी फिचर रहेका छन्। हरि लामा घलेले खिचेको चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्