पूजाको एक्सन सहित सुरु भयो ‘दान्भी’ को सुटिङ्ग


अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘दान्भी’ को क्लाइमेक्सको छायांकन सुरु भएको छ । काठमाडौंको नैकापमा चलचित्रको लागि तयार पारिएको सेटमा चलचित्रको क्लाइमेक्सको छायांकन सुरुवात भएको जानकारी निर्माण टिमले दिएको छ। चलचित्रको एक गीत र केही दृश्यको छायांकन पश्चात् केही समय काम रोकिएको सुटिङ्गको सुरुवातसंगै पूजाले एक्सन दृश्य दिइरहेकी छिन् ।

चलचित्रको क्लाइमेक्स छायांकन पश्चात् टिम बाँकी छायांकनका लागि दार्जिलिङ जाने तयारीमा रहेको छ । चलचित्रमा कुन्साङ बोमजम नायकको रुपमा रहेका छन्। उनको यो डेव्यु चलचित्र हो। चलचित्रलाई रुपेश तामाङ्गले निर्देशन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्