A vertical shot of the black cat in the dark darkness

लभर गर्ल पूजाको एक्सन अवतार, ‘दान्भी’ क्लाइमेक्स यस्तो बन्दैछ


लभ स्टोरीमा आफुलाई सिमित गर्दै आएकी अभिनेत्री पूजा शर्मा यतिबेला आफ्नो कम्फोर्ट जोन भन्दा बाहिर निस्किएर एक्सन चलचित्र गरिरहेकी छिन्। केहि समय एक्सन सिकेर पूजा यतिबेला चलचित्रको क्लाइमेक्स सुटिङ्ग गरिरहेकी छिन्। काठमाडौंको नैकापमा तयार पारिएको सेटमा चलचित्रको एक्सन दृश्यको सुटिङ्ग भैरहेको छ।

क्लाइमेक्स दृश्यमा पूजा एक्सन लेडीको रुपमा देखिएकी छिन्। निर्माण टिमले चलचित्रको सुटिङ्ग सेटबाट सार्वजनिक गरेको तस्विरमा एङ्ग्री लुक्समा पूजा देखिएकी छिन्। पूजा दुई हातमा बन्चरो लिएर प्रस्तुत भएकी छिन्। पूजाको यो नयाँ लुक्सले दर्शकको मनमा कौतुहलता पक्कै पैदा गरेको छ। श्री श्रेष्ठले चलचित्रको एक्सन निर्देशन गरिरहेका छन्। एक्सन लभस्टोरी चलचित्रमा पूजासंग डेव्यु नायक कुन्साङ्ग बोम्जोम मुख्य भूमिकामा रहेका छन्।

रुपेश तामाङ्गको निर्देशनमा निर्माण भैरहेको चलचित्रको टिजर चाडै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ। अनुप गदाल र देव मगर निर्माता रहेको चलचित्रमा कमला लिम्बु र गोकुल सुवेदी सह-निर्माताको रुपमा रहेका छन्।
हरि लामा घलेको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

हरि लामा घलेको छायांकन रहेको फिल्ममा संजोग रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्