‘एक भगवत् गीता’ पोष्टर: सशक्त विपिन, प्रेमील धिरज र सुहाना


झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘एक भगवत् गीता’ ले पोष्टर सार्वजनिक गर्दै भदौ २९ गतेलाई रिलिज मिति पक्का गरेको छ। भर्खरै मात्र केहि भाग छायाकन सकिएको कारण भदौ २९ रिलिज हुने नहुने अन्यौलताको बिचमा निर्माण टिमले यहि मितिलाई रिलिज पक्का गरेको हो।

सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार फिचर रहेका छन्। अभिनेता विपिन कार्की सार्वजनिक चलचित्रको टिजरमा सशक्त देखिएका थिए। त्यहि क्रम पोस्टरमा पनि देखिएको छ।

ट्रान्सजेन्डर वुमनको रुपमा प्रस्तुत विपिनको चरित्र निकै बलियो देखिएको छ। अभिनेता धिरज मगर र अभिनेत्री सुहाना थापाको प्रेमभाव पोष्टरमा देखिएको छ। सुनिल कुमार थापाको लगानीमा चलचित्र निर्माण भएको हो।

प्रतिक्रिया दिनुहोस्