स्व सारुक ताम्रकारको अन्तिम चलचित्रका दृश्य समेट्दै ‘माया’ रिलिज


केहि समय अगाडी आफ्नै घरमा मृत भेटिएका अभिनेता सारूक ताम्राकार अभिनित चलचित्र ’ह्यासट्याग माया’ लाई म्युजिक भिडियोको रूपमा सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा प्रेसमिट गर्दै ’माया’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा एसडी योगीको स्वर तथा संगीत र राम अविरल विष्टको शब्द रहेको छ।

सार्वजनिक गीतको भिडियोमा स्व.सारूक र नायिका निकिता आचार्य फिचर्ड छन् । चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठको अभिनय रहे पनि भिडियोमा समावेश गरिएको छैन।

उज्जवल जोशीले छायांकन गरेको गीतको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् । प्रेसमिटमा स्व.शारुककी आमाको साथमा साथीहरु सृष्टि श्रेष्ठ, मलिना जोशी लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्