A vertical shot of the black cat in the dark darkness

मुकुन भुषाल: हलमा एकसाथ दुई रिलिज, हातमा तीन चलचित्र


अभिनेता मुकुन भुषालको चलचित्र यात्रा त्यति लामो रहेको छैन। ‘बुलबुल’ डेव्यु अभिनेता आफ्नो अभिनय र सलिन छविका कारण सवैको नजरमा रहेका छन्। ‘झिङ्गे दाउ’ सुपरहिट बनेपछि मुकुनको चलचित्र व्यस्तता लोभलाग्दो छ। रेखा थापाको चलचित्र ‘उपहार’ को सुटिङ्ग यतिबेला चलिरहेको छ। मुकुन यसमा अभिनेताको रुपमा रहेका छन्।

वसन्त निरौलाको ‘ज्वाईसाब’ मा उनि अनुबन्धित भैसकेका छन्। भदौ १४ गते बिहिबारबाट उनि मुख्य भूमिकामा रहेका दुई चलचित्र ‘ऐंचो पैंचो’ र ‘गणपति’ रिलिज भएका छन्।

यहि बीचमा रघुनाथ सापकोटाको निर्माणमा बन्ने एक चलचित्रमा मुकुन मुख्य भूमिकामा अनुबन्धित भएका छन्। रघुजी फिल्म्सको ब्यानरमा पारिवारिक कथामा बन्ने चलचित्रमा रघुनाथ सापकोटाको कथा,सुनील निउरेको पटकथा सम्बाद र निर्देशन नबिन भट्टको रहनेछ ।

प्रतिक्रिया दिनुहोस्