‘एक भगवत् गीता’ ट्रेलर: विपिनको सशक्त अभिनयमा प्रेमील धिरज र सुहाना


झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘एक भगवत् गीता’ को बलियो ट्रेलर सार्वजनिक भएको छ । अल्पसंख्यक लैंगिक समुदायको कथालाई उठान गरिएको चलचित्रको ट्रेलर मर्मस्पर्शी रहेको छ। जनकपुरको सेटिङ्गमा निर्माण टिमले मधेशको समुदाय र त्यहा लैंगिक अल्पसंख्यक समुदायलाई गरिने व्यवहारको कथा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ। अभिनेता विपिन कार्कीले कमलामाईको भुमिका निर्वाह गरेका छन्।

कमलामाई मार्फत निर्माण टिमले तेश्रोलिंगी महिला र उनको जीवनकथा व्यक्त गरेका छन्। सुहाना थापा र धिरज मगरको लभ केमेष्ट्री ट्रेलरमा देखाईएको छ। गुरुङ्ग समुदायको पुरुष र मधेशी समुदायकी महिलाको प्रेम टिजरले बोलेको छ।

सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको यो चलचित्रको कन्सेप्ट सुहाना थापाको नै रहेको छ। चलचित्रमा कविर खड्का, अनुराग मन सिंह कुंवर लगायतका कलाकारको अभिनय रहेको छ। भदौ २९ गतेबाट चलचित्र रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्