अभिनेत्री निरुता सिंहले मुम्बईमा गरिन् विवाह


नेपाली चलचित्र क्षत्रेकी सफल अभिनेत्री निरुता सिंहले विवाह गरेकी छिन्। भारतको मुम्बई बस्दै आएकी अभिनेत्री निरुता सिंहले २१ अगस्तमा विवाह गरेको जानकारी आफ्नो समाजिक संजाल मार्फत दिएकी छिन्। उनले मुम्बई निबासी संजिभ गुलाटीसंग विवाह गरेकी हुन् । उनले आफुलाई यतिका समयसम्म पाएको मायाको लागी आभार प्रकट गरेकी छिन्। चाडै नेपालमा आशिर्वाद लिन आउने बाचा पनि उनले गरेकी छिन् ।

‘मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर- परिवार, आफ़न्त तथा छर-छिमेकहरु , मेरा चलचित्र कर्मी साथी-भाई अनि अग्रज व्यक्तित्वहरु,बिभिन्न माध्यमका संचारकर्मीहरु लगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाईं मलाई “निरुता सिंह “ बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय , पूजनीय अनि ढोगनीय दर्शकमहानुभाउहरु को येतीका वर्ष देखी को एक मात्र प्रश्न , जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुदैन थियो ।त्यो हो …” निरुता जी बिहें कहिले गर्ने ?“ भन्ने प्रश्न … आज तेसै प्रश्न को जवाब दिन गई रहेको छु …. तपाईहरुको निरुता सिंह ले गत बिहिबार 31st August 2023 को दिन मुम्बई निवासी श्री संजीभ गुलाटी संग लगन गाठो जोड़ेको छ …. हजुरहरु सम्पूर्ण को माया अनि आशीर्वाद को अपेक्षा गरेको छु …. चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु …. धेरै धेरै माया’

प्रतिक्रिया दिनुहोस्