‘एक भगवत् गीता’: चन्चली सुहानालाई उडेर आकाश छुने रहर


झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘एक भगवत् गीता’ को दोस्रो गीत सार्वजनिक भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार सार्वजनिक गरिएको ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको गीतमा हर्कुसल बस्नेत, राजाज्ञा श्रेष्ठ र सुमन गुरुङको स्वर रहेको छ। सविन एकतारेको शब्द रहेको गीतमा हर्कुलस बस्नेतको संगीत रहेको छ।


कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रकी मुख्य अभिनेत्री सुहाना थापा र बाल कलाकार जेभिन श्रेष्ठ प्रस्तुत छन् । कविराज गहतराजको जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर, रेलवे स्टेशन लगायतका ठाउँहरुमा छायाकन गरिएको गीतको भिडियोमा सुहाना र जेभिनको एकअर्काप्रति प्रेम, सामीप्यता र आत्मीयतालाई देखाईएको छ।

सुनिलकुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा विपिन कार्की, सुहाना थापा, धीरज मगर, जेभिन/ जेभिस श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय लगायतका कलाकारको अभिनय रहेको छ। सुहाना थापाको कन्सेप्ट रहेको चलचित्रमा झरना थापाको कथा र झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा तथा परिक्षेद, पुरुषोत्तम र सरिनको संवाद लेखन रहेको छ ।

राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको निर्माता सुहाना थापा हुन्। भदौ २९ गते रिलिज हुने चलचित्रमा विपिन कार्कीको लुक्सले चर्चा बटुलेको छ ।

प्रतिक्रिया दिनुहोस्