A vertical shot of the black cat in the dark darkness

‘दिमाग खराब’ को फस्टलुक्स यस्तो, बिहिबार नै टिजर ल्याउने तयारी


कार्तिक २४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’ को फस्टलुक सार्वजनिक भएको छ। चलचित्रका मुख्य कलाकारको क्यारेक्टर लुक्स सहित पोष्टर सार्वजनिक गरिएको हो। सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माणमा बनेको चलचित्रको पोष्टरमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल र सुमन कार्की फिचर गरिएको छ।

चलचित्र निर्देशक निश्चल बस्नेतको निर्देशकीय कमव्याक चलचित्र हो । सोहि कारण पनि यसको चर्चा उचाइमा रहेको छ । ६ बर्षपछ निर्देशनमा फर्किएका बस्नेतका लागी निक्कै महत्वपूर्ण चलचित्र रहेको छ। मल्टिस्टारर चलचित्रको टीजर बिहिबार रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ। रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रले जनता र शक्तिको कथा भन्नेछ।

निश्चलले यो चलचित्र निर्माणको घोषणा गरेको लामो समय भएको थियो। ‘टलकजंग भर्सेस टुल्के’ निर्देशन पछि नै उनले यो चलचित्र बनाउने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्