मिल्यो ‘एक भगवत् गीता’ विवाद, नाम परिवर्तन पछि बोर्डले दियो सेन्सर सिफारिस


चलचित्र ‘एक भगवत् गीता’ को नामलाई लिएर उत्पन्न केहि दिन विवाद चर्कियो। धार्मिक संघठनले नाममा आपत्ति जनाउदै चलचित्र विकास बोर्डमा निवेदन दिएपछि बोर्डले सेन्सर सिफारिस दिएको थिएन। केहि दिनको छलफल र विवादपछि आइतबार चलचित्रको नाम परिवर्तन गर्ने सहमतिमा चलचित्र विकास बोर्डमा विवाद समाधान भएको हो ।

विकास वोर्ड र चलचित्रकर्मीको मध्यस्थतामा भएको यो सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार चलचित्रको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा) तय गरिएको छ । चलचित्रले सेन्सर सिफारिस पाईसकेको छ। झरना थापाको निर्देशनमा तयार भएको चलचित्रमा बिपिन कार्की, सुहाना थापा र धिरज मगरले मुख्य भूमिका निभाएका छन् । चलचित्र भदौ २९ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्