दया र आंचलको ‘डिग्री माइला ‘ शुभसाइत


हिट चलचित्र मेकर रामबाबु गुरुङ्गको निर्देशनमा तयार हुने चलचित्र ‘डिग्री माइला एम ए थर्ड क्लास’ को शनिबार शुभ साइत गरिएको छ। बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको भाटभटेनि मन्दिरमा सुभसाइत गरिएको हो। असोजको दोश्रो साता सुरुवातसंगै सुटिङ्गमा जाने चलचित्रमा नायक दयाहाङ राई र नायिका आँचल शर्मा मुख्य भूमिकामा रहेका छन् । दया र आँचलले पहिलो पटक स्क्रिन शेयर गर्दैछन्।


चलचित्रमा काम गर्नको लागी आंचलले उत्साहित रहेको बताएकी छिन्। वर्कसप देखि नै फरक हिसाबले काम भैरहेको र चलचित्रमा काम गर्न उत्साहित रहेको आंचलले बताएकी हुन्। दयाले चलचित्रको कथावस्तु रमाइलो भएको भन्दै दर्शकले साथ दिने अपेक्षा जाहेर गरेका छन्। दयाले केहि दिन ‘रंगोली’ को सुटिङ्ग गरेर चलचित्रको सेट पुग्नेछन्। ओखलढुंगाको रुम्झाटारमा चलचित्रको पहिलो सेड्युल खिच्नेछ। करिव दुई हप्ता खिचिने चलचित्रको दोश्रो सेड्युल मङ्सिरमा रहेको छ। नयाँ बर्षमा चलचित्र रिलिज हुनेछ। चलचित्रमा माओत्से गुरुङ, बिजय बराल, प्रकाश घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्